-------------------------------थप तस्बिरहरु
म्याग्दी समाज समिति दक्षिण कोरियाले १९ तारिख शनिबार सांझ राजधानी सउल स्थित दुर्गा रेष्टुरेण्टमा एक बिदाई कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । म्याग्दी समाजका भुपु अध्यक्ष टेक बहादुर पुन, म्याग्दी समाज खेलकूद अध्यक्ष राम खड्का र साधारण सदस्य ईन्द्र बरुवाल २१ तारिख स्वदेश फर्कने निश्चित भएपछि उहांहरुको सम्मानमा समाजको तर्फबाट बिदाई कार्यक्रमको आयोजना गरिएको हो । समाजका अध्यक्ष नर बहादुर पुनको अध्यक्षता र एन आर एन कोरियाका अध्यक्ष बिनोद कुवरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बिदाई कार्यक्रममा करिव ५० जना म्याग्देलीहरु र अन्य संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सांझ ८ बजे देखि शुरु गरिएको बिदाई कार्यक्रममा बिभिन्न बक्ताहरुले स्वदेश प्रस्थान गर्न लागेका ३ जना म्याग्देलीहरुको सफल यात्राको कामना गर्दै उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । कार्यक्रममा म्याग्दी समाजका अध्यक्ष नर बहादुर पुनले समाजको तर्फबाट ३ जना म्याग्देलीहरुको बिदाई स्वरुप प्रमाण पत्र र उपहार प्रदान गर्नु भएको थियो । दोश्रो चरणको कार्यक्रममा खानपिन र नाचगान गरि रातको १२ बजे तिर सम्पूर्ण कार्यक्रमको अन्त गरिएको थियो भने सम्पन्न बिदाई कार्यक्रममा बाबुराम शर्माको स्वागत र भरत तुलाचनको संचालन रहेको थियो ।















![myagdi1[1]](http://farm4.static.flickr.com/3251/3053631249_b3ceb9148a_o.gif)
No comments:
Post a Comment