कोरियामा रहेका म्याग्देली प्रवासीहरुलाई एकजूट र हरेक सुख दुखहरुमा हातेमेलो गर्दै अगाडी बढ्ने प्रणका साथ स्थापना भएको म्याग्दी समाज समिति दक्षिण कोरिया तेह्र बर्ष पूरा गरि चौधौ बर्षमा प्रबेस गरेको छ । बिगत देखि बर्तमान र बर्तमान देखि म्याग्देलीहरु कोरियाली भूमिमा रहंदा सम्म यस पबित्र समाजलाई अगाडि लैजानु पर्छ भन्दा अतिशयोक्ती नहोला । तर सुखद भबिष्यको कल्पनाका साथ घरपरिवारबाट टाढा भएर यस भूमिमा पाईला टेकेका म्याग्देली हरुले अप्ठ्यारा स्थिति र आईपर्ने चुनौतीहरुको सामना गर्न सक्नु पर्ने देखिन्छ । यसै सन्दर्भमा हाल कोरियामा रहेका म्याग्देलीहरु के भन्छन त ? आउनुस तल........
१- मुक्त केशी ( म्याग्दी शहश्रधारा )
म्याग्दी समाजले स्थापना देखि अहिले सम्म जे जति कृयाकलाप गरेको छ मेरो बिचारमा सकृयता र जोशिलोका साथ म्याग्दी जिल्लालाई कोरिया मात्र नभएर बिश्वको कुना कुनामा रहनु भएका नेपालीहरुलाई जानाकारी गराएको ईत्यादि कुरा एकदम राम्रो छ । अब आईन्दा कोरिया आएका नव प्रबेशीहरुलाई एकजूट गराई जिल्लामा भएका समस्याहरुलाई केहि टेवा पुग्ने कृयाकलापहरु गरेमा धेरै राम्रो हुने थियो ।
मेरो बिचारमा म्याग्दी समाजले गरेका हरेक कृयाकलापहरु सबै राम्रो लागेको छ । र अझैपनि यस्तै नयां नयां कुरा र नयां नयां बाटोहरु खोज्दै र प्रगति होस भन्ने मेरो चाहना छ ।साथै म पनि हरेककुरामा साथ दिने छु ।
३- तुला रामजाली (भुरुङ तातोपानी म्याग्दी)
पुराना तथा नव आगन्तुक म्याग्देली दाजुभाई तथा दिदीबहिनीहरुलाई एक आपसमा भेला गराएर एक आपसमा मित्रता र सदभावको आदान प्रदान गर्नु गराउनु एकदम राम्रो कुरा हो । समाजले गर्ने बिभिन्न कार्यक्रमहरु लगायत समाजलाई थप कृयाशिल बनाउदै तिब्र रुपमा अगाडी बढाउनु हुन यहांहरुलाई सुभकामना दिन चाहान्छु । साथै आगामी दिनहरुमा समेत प्रवासिएका म्याग्देली दाजुभाई तथा दिदी बहिनीहरु लगायत कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको समस्या माथि ध्यान नजर गरि सहयोग पुर्याउनु हुनेछ भ्न्ने पुर्ण आशा गर्दछु ।
४- याद गर्बुजा (दोवा म्याग्दी)म्याग्दी समाज समिति मैले देखे अनुसार धेरै राम्रो छ । म्याग्दी समाजले म्याग्देलीहरुलाई एकजुट बनाएर बिभिन्न मनोरन्जन दिलाउने कार्यक्रमहरु गर्दै जानु पर्दछ । म्याग्दी समाजको उन्नती हुंदै जावस् ।
नोट: म्याग्दी समाजको हरेक कृयाकलापहरुलाई यहांहरुले कसरी हेर्नु हुन्छ ? समाज प्रतिको तपाईको दृष्टिकोण ,सुझाब र सल्लाह लेखेर पठाउनु भए हामी म्याग्देली आवाज नामक यस स्टम्भ मार्फत जस्ताको तस्तै तुरुन्त प्रकाशन गरिने जानाकारी गराउंदछौ ।
हाम्रो ईमेईल ठेगाना myagdisamaj@yahoo.com


![myagdi1[1]](http://farm4.static.flickr.com/3251/3053631249_b3ceb9148a_o.gif)
No comments:
Post a Comment