103

मोना बेल्जियम द्दारा म्याग्दी अस्पतालमा सहयोग

म्याग्दीबाट रोजगारको सिलसिलामा बेल्जियम पुगेका म्याग्देलीहरूको समूह मोना बेल्जियमले जिल्ला अस्पताल म्याग्दीलाई करिब रु. दुइ लाख बराबरको सामग्री हस्तान्तरण गरेको छ । मोना बेल्जियमले उपलब्ध गराएको ती सामग्री हिजो एक कार्यक्रमबीच जिल्ला अस्पताल म्याग्दीका डाक्टर लालबहादुर मल्ललाई हस्तान्तरण गरेको हो । बालबालिकाको जण्डिसको उपचार गर्ने उपकरण फोटोथेरापी, मानिसको शरीरमा भएको अक्सिजनको मात्र परीक्षण गर्ने उपकरण पल्सर सिमिटर र इलेक्टि्रक अक्सिजन फिल्टर हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले मोना बेल्जियमको सहयोगले जिल्ला अस्पतालमा नयाँ आयाम थपेको बताउँदै ज्यादै महत्वपुर्ण रहेका ती सामानको सुरक्षामा ध्यान पुर्‍याउन आग्रह गर्नुभयो ।

No comments:

Post a Comment