देशमा नेपाली जनताको रक्षा गर्ने जिम्मा पाएको नेपाली सेनाको बारेमा बिभिन्न बहस चलाई अपमान गर्ने प्रयास भइरहदाँ म्याग्दीका कार्यरत नेपाली सेनाका जवानहरू विकास निर्माणको काममा लागि परेका छन् । जनता र देशको रक्षाको कसम खाएका सेनाका जवानहरू अहिले म्याग्दीको दर्ुगम मुदि गाउँ विकास समितिको म्याग्दीको मुदी गाविसको नाउरा भिरको करिव ४० मिटर कठिन चट्टानको पहरा फोरेर आफ्नो कौशलता देखाएका छन् ।राउण्ड धौलागिरि क्षेत्रहुँदै मुस्ताङ, मनाङ, डोल्पा लगायतका हिमाली क्षेत्रमा जाने म्याग्दीको मुदी गाविसको नाउरा भिरको करिव ४० मिटर कठिन चट्टानको पहरा फोर्न गएका नेपाली सेनाका जवानलाई स्थानियवासिन्दाहरूले आफ्नो अत्यावश्यक कामलाई वेवास्था गरि विकास निर्माणमा सहयोग गरिरहेका छन् । स्थानियवासिन्दाले सहयोग गरेपछि जोखिम काममा सक्रिय भएका नेपाली सेनाका जवानहरूपनि निकै उत्साहित हुदैँ ४० मिटर कठिन चट्टानको पहरा फोर्न लागि परेका थिए ।
न्ोपाली सेनाका १०० जवानको टोलीले बिशदिन लगाएर जिल्लाको मुना र मुदी गाविसको विचमा रहेको सो पहरा फुटाउने काम सम्पन्न गरेको बज्रदल गणका प्रमुख सेनानी रामचन्द्र बोगटीले बताए ।
विगत दशवर्षेखि निर्माण शुरुभएको करिव चारसय मिटर दुरीको सो बाटो नाउरा भिरमा रहेको कठीन पहरो फुटाउन नसकिएका कारण वर्षौंसम्म निर्माण हुन नसकेपछि यसपटक जिल्लाविकास समितीले नेपाली सेनालाई बम ब्लाष्टिङ्ग गरेर बाटो निर्माण गरिदिन अनुरोध गरेको थियो । जिविसको अनुरोधमा सेनाले सो काम सम्पन्न गरेपछि अहिले आवजजावतमा सहज भएको स्थानियवासिन्दाले बताएका छन् । जिविस र स्थानीय राजनीतिक दलले अनुरोध गरेपछि जनताको सहयोगका लागि नेपाली शेनाले जनश्रमदान गरेको सेनानी बोगटीले जानकारी दिएका छन् । नाउरा भिरमा उक्त बाटो निर्माण हुनुपर्ूव मुदी गाविसको नाउरा, जेल्टुङ, बगर लगायतका आधादर्जनबढी गाउँ र धौलागिरी बेशक्याम्प जाने स्थानीय बासिन्दा तथा स्वदेशी एवं बिदेशी पर्यटकहरुलाई करिब ४/५ घण्टाको बाटो घुमेर यात्रा गर्नु पर्ने बाध्यता थियो ।
बिभिन्न गाउंहरुबाट मुदी तथा खिवाङ गाविसका विद्यालयमा आउने विद्यार्थीहरुलाई समेत कठिनाई हुनुको साथै ति गाउँहरूमा दैनिक उपभोग्य सामानहरु ढुवानी गर्नमा समस्या परिरहेको थियो ।
डोरीमा समात्दै भिर उक्लने तथा ओर्लने गर्नुपर्दा बिगतमा केही स्थानिय व्यक्ति एवं बिदेशी पर्यटकका भरियाहरुले समेत ज्यान गुमाउनेगरेका ताकम गाविसका स्थानियस्थानीय प्रकास सुबेदीले बताए ।
ब्ााटो निर्माणपछि त्यस भेगका जनताहरूको आर्थिक तथा सामाजिक विकास हुनुको साथै धौलागिरी बेशक्याम्प हुंदै मुस्ताङ जाने स्वदेशी तथा बिदेशी पर्यटकहरुको संख्यामा उल्लेखिय बृद्धि हुने अनुमान गरिएको छ ।
न्ोपाली सेनाले बिसदीन लगाएर पहरा फुटाउने काम सकेपछि आगामी एक महिनाभित्र सो क्षेत्रहुँदै धौलागिरि बेसक्याम्प जाने यात्रुहरुले सहज यात्रा गर्नपाउने जिल्लाविकास समितिले जनाएको छ ।
सो बाटो निर्माणका लागि द्वन्द्वकालमा नेकपा माओवादीले समेत लाखौं रुपैयँा खर्च गरेको भएपनि नाउराको भिरको सोहि कठीन पहरो फोर्न नसकेका कारण पुराहुन नसकेको माओबादी म्याग्दीका सचिव लालु किसानले बताएका छन् । सधैंजसो व्यारेकमा बसेर पारिश्रमिक लिनेगरेका नेपाली सेनाले चाहेभने जस्तोसुकै विकासनिर्माणको कामपनि गर्छन् भन्ने उदाहरण पछिल्लोपटक सेनाले कठिनकाम गरेर देखाएको मदिका स्थानियवासिन्दा गणेश पुनले बताए ।
नेपाली सेनाको सक्रियतामा सदरमुकाम र आसपासका क्षेत्रमा समेत विभिन्न समयमा निर्माण कार्य हुने गरेको छ ।
यसैविच नेपाली सेनाले जिम्मा लिएर सम्पन्न गरेको बेनी जोमसोम सडक अन्तरगत म्याग्दीको दाना गाउँ विकास समिति र मुस्ताङको लेते गाविसको सिमाना तुरतुरेमा सडकको स्तरउन्नति गर्नको लागि पौषको १ गते देखि दर्ुइ महिनाको लागि बेनी जोमसोम सडक बन्द हुने नेपाली सेनाको निर्माण दलले जानकारी दिएको छ ।
बेनी अनलाईन बाट साभार


![myagdi1[1]](http://farm4.static.flickr.com/3251/3053631249_b3ceb9148a_o.gif)
namaste i am also from myagdi but now in Germany it so good news for poor people.The armies worked very good and many many thanks.
ReplyDelete