103

म्याग्दी समाज कोरियाले म्याग्दीमा एम्बुलेन्स सेवा उपलब्ध गराउने

btulachan,seoul korea
हिजो डिसेम्बर ६ तारिख आईतबारको दिन म्याग्दी समाज समिति दक्षिण कोरियाको नियमित बैठकमा महत्व पूर्ण निर्णयहरु भएका छन ।
राजधानी सउल स्थित लुम्बिनी रेष्टुरेण्टमा बसेको उक्त बैठकले नयां बर्ष २०१० को सुखद उपलक्ष्यमा डिसेम्बर ३१ तारिख सांझ ८ बजे देखि कोरियामा कार्यरत सम्पूर्ण म्याग्देलीहरुलाई उपस्थित बनाई नयां बर्ष शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै कोरियाको दोश्रो ठूलो पर्व सलनाल अर्थात फेब्रुअरी १३ तारिख सांझ ६ बजे देखि ११ बजे सम्म राजधानी सउल स्थित नमस्ते रेष्टुरेण्टमा म्याग्दी समाज सातौ कार्य समितिको दोश्रो साधारण सभाको आयोजना गर्ने निर्णय गरेको छ ।
करिव २० जना म्याग्देलीहरुको उपस्थितिमा अन्य महत्वपूर्ण निर्णयहरु समेत भएका छन , जस मध्य आगामी २ बर्ष भित्रमा म्याग्दी समाज समिति दक्षिण कोरियाको सकृयतामा आफ्नो जिल्लाको सदरमुकाम बेनी बजारमा एक एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको छ । म्याग्दीका हरेक गाऊं गाऊंका बिरामीहरुलाई छिट्टै अस्पताल सम्म ल्याउन सकियोस भन्ने हेतुले सदरमुकाममा एम्बुलेन्स सेवाको आबश्यकता रहेको ठहर गर्दै उक्त प्रोजेक्टको लागि जिल्ला बिकास समिति म्याग्दी संग सहकार्यको लागि छिट्टै पहल गर्ने र आबश्यक अर्थ संकलनको लागि समाजले आयमुलक कार्यक्रमहरुको आयोजना गर्नुको साथै नपुग रकम यहां स्थित म्याग्देलीहरुमा चन्दा संकलन गर्ने निर्णय गरेको छ ।
स्मरणिय रहोस, म्याग्दी समाज समिति दक्षिण कोरियाको पहलमा जिल्लाको एक मात्र क्याम्पसमा करिव ६ लाखको लागतमा १२ बर्ष अगाडी छात्रवास भवन निर्माण गरि सकेको छ ।

2 comments:

  1. दाई यो त ज्यादै राम्रो निर्णय भएको छ यसलाइ पुरा गर्न चाडैनै पहल गर्न सुरु पनि गर्नु पर्छ है

    ReplyDelete
  2. दाई यो त ज्यादै राम्रो निर्णय भएको छ यसलाइ पुरा गर्न चाडैनै पहल गर्न सुरु पनि गर्नु पर्छ है

    ReplyDelete