म्याग्दी जिल्लाको दरबाङ भेगका बासिन्दाहरुको लागि बिदेशमा रहेका आफन्तहरुले पठाएको रकम अर्थात रेमिटान्सका सबै कारोवारहरु दरबाङ बजारमा हुने भएको छ । बेनी अनलाईनका अनुसार म्याग्दी जिल्लाको दोस्रो व्यापारी केन्द्र दरवाङमा निलगिरी बिकास बैंकले शाखा कार्यालय सञ्चालन गरे पछि उक्त समस्याको समाधान हुन सकेको हो । बिगतमा बिदेशबाट आफन्तले पठाएको रकम बुझ्न सदरमुकाम बेनी जानु पर्नेमा अबोप्रान्त दरबाङ बजार बाटै रकम प्राप्त गर्न सकिने छ । जसको बारेमा बेनी अनलाईन लेख्छ-प्रधान कार्यालय बेनीको न्यूरोडमा रहेको निलगिरी विकास बैंकले आफ्नो पहिलो शाखा म्याग्दी जिल्लाको दोस्रो व्यापारीक केन्द्र दर्वाङमा नेपाली राष्ट्र बैंक पोखराका मुख्य व्यवस्थापक डा मिनबहादुर श्रेष्ठको हातबाट एक कार्यक्रम विच आफ्नो पहिलो शाखाको उदघाटन गरेको छ।
उक्त कार्यक्रममा श्रेष्ठले अहिलेका बैंक हरु जग्गामा बढि लगानीगरिरहेका छन यो दिर्घकालसम्म नहुने कुरा बताउदै कृषि क्षेत्रमा लगानी गर्न सके संस्थालाई दिर्घकाललाइ फाइदा हुने र बैदेशिक रोजगारीबाट फर्केकाहरुको लागि पनि संस्थाले राम्रो किसिमको प्याकेज ल्याउन सके बैंकलाइ फाईदा हुने कुरा बताउनु भएको थियो।
उक्त कार्यक्रमा नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोद श्रेष्ठ म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुर्य प्रसाद मर्सानी समाज सेवी विर बहादुर कार्की, ओम प्रसाद शेरचनल र प्रमुख जिल्ला अधकारी यज्ञराज बोहोराले आफ्नो शुभकामना मनत्व्य राख्नु भएको थियो।
हरिकृष्ण श्रेष्ठको संचालनमा संचालन र संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठको सभापतिमा समपन्न कार्यक्रममा निलगिरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ज्ञवाली स्वागत मनत्व्य राख्नु भएको थियो।
बैंक दर्वाङमा खुले पछि सम्पुर्ण बैंक कारोबार गर्नपाएकोमा आसपासका जनताहरु खुसीभएका छन आफ्नो आफन्तले विदेशबाट पठाएको पैसा लिनको लागि सदरमुकाम सम्म अब धाइराख्नु समस्गा अब हटेको छ। बैंकले आफ्नो सम्पूर्ण काम उक्त शाखाबाट गर्ने र रेमिटान्सका सबै काम शाखा कार्यालय दर्वाङबाट गर्ने भएको छ।


![myagdi1[1]](http://farm4.static.flickr.com/3251/3053631249_b3ceb9148a_o.gif)
No comments:
Post a Comment