103

म्याग्दी रनिङ कप २००९ मा सहभागि टीमहरु यसरी प्रतिस्प्रर्धा गर्ने छन


भरत तुलाचन सउल,तोङदेमुन


म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी हप्ता अर्थात मे १७ तारिख आईतबारको दिन आयोजना गर्न गईरहेको म्याग्दी रनिङ कप २००९ मा प्रतिस्प्रर्धा गर्नको लागि खेल तालिका तयभएको छ । म्याग्दी समाज समिति दक्षिण कोरियाले भलिबल टीम दर्ताको लागि हिजो १० तारिख आईतबार सम्म आब्हवान गरे अनुसार सहभागि टीमका एक एक जना पर्तिनिधिहरुको उपस्थितिमा हिजै गोला प्रणाली मार्फत म्याग्दी रनिङ कप २००९ को खेल तालिका तय भएको हो ।९ टीमले सहभागिता जनाउने यसपालीको भलिबल प्रतिस्प्रर्धाको पहिलो खेल गोरखा परिवार र नेपाल मगर संघ बीच हुनेछ भने प्रथम चरणकै दोश्रो र तेश्रो खेल क्रमस: बागलुङ सम्पर्क समिति र स्याङजा परिवार , पर्वत समाज र गुल्मी सम्पर्क समिति बीच हुने छ । प्रथम चरणको अन्तिम खेल म्यागदी समाजसमित र मुन्जङ प्रवासी क्लव बीच हुने छ । बाईमा परेको खोताङ समाज भने बाग्लुङ र स्याङजा बीचको प्रतिस्प्रर्धामा बिजयी टीम संग दोश्रो चरणको पहिलो खेलमा भिंड्नु पर्ने भएको छ । सेमिफाईनल खेलमा भने१-२-३-४ मध्यको बिजयी टीम र ७-८-९ मध्यको बिजयी टीम बिच पुन: गोला प्रथाबाट एक टीमलाई सिधै फाईनल खेलमा प्रवेष गर्ने मौका मिल्ने छ भने अर्को एक टीम ५-६ बिजयी टीम बीच फाईनल खेलको लागि प्रतिस्प्रर्धा गर्नु पर्ने छ ।

No comments:

Post a Comment