103

बिकास निर्माणमा तल्लिन म्याग्देलीहरुको उदाहरणिय काम

प्रसिद्ध पर्यटकीय स्थल अन्नपुर्ण संरक्षण क्षेत्र अर्न्तर्गत म्याग्दीको नारच्याङ, दाना घार, शिख र पाउद्धार गाविसका बासिन्दा पर्यटकीय क्षेत्रको गुरूयोजना बनाउन लागेका छन् ।
त्यस क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार, संरक्षण र सम्भाव्यता अध्ययन गरी गुरूयोजना निमार्ण गर्न उनीहरुले प्रर्वद्धन समिति गठन गरेका छन् । समाजसेवी टेकबहादुर पुनको अध्यक्षतामा गठित समितिले पर्यटकीय क्षेत्रहरूको अध्ययन गरी भौतिक पूर्वाधार निर्माणका लागि दीर्घकालिन र अल्पकालिन योजना बनाउने छ । सम्भावना अध्ययनका लागि विज्ञहरूलाई यस क्षेत्रमा ल्याउन लागिएको अध्यक्ष पुनले बताउनुभयो ।
गाउँलेहरू यतिखेर नयाँ पदयात्रा पदमार्ग निर्माणमा जुटेका छन् । घारखोलादेखी सुरु पदमार्ग नारच्याङ हुदै मुस्ताङको कुञ्जो गाविससम्म पुर्‍याउने लक्ष्यका साथ गाउँलेले वैकल्पीक पदर्मागको निर्माण थालेका हुन् । दैनीक ६० स्थानीयले श्रमदान गरिरहेका छन् । नारच्याङ लेकगाउँदेखी पर्यटकीय क्षेत्र खोप्रासम्म पाँच घण्टाको पदमार्ग स्थानीय गाउँलेहरूको श्रमदान र जापानी संस्थाको सहयोगमा निर्माण गरिएको थियो ।
बेनी-मुस्ताङ सडकको निर्माण पछि पर्यटन व्यवसायमा असर परेकाले नयाँ पदर्माग निर्माण गरी गाउँमा पर्यटक भित्रयाउने लक्ष्य लिइएको नारच्याङका मनबहादुर पुर्जाले जानकारी दिनुभयो । थप पर्यटकीय स्थलको खोजी, नयाँ पदमार्ग निमार्ण प्रचारप्रसार र विकासका लागि पर्यटन गुरूयोजना तयार गर्न यस क्षेत्रका पर्यटन व्यवसायीहरूको सम्मेलन गर्न लागिएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।
घोरेपानीदेखी चित्रे हुदै शिखको ढानखर्क र त्यहाँ देखी खोप्रा, लेकगाउँ हुदै मुस्ताङको कुञ्जोसम्म नयाँ पदर्मागको अध्ययन भईरहेको र छिट्टै निर्माण कार्य सरु गरिने जनाइएको छ । ‘गाविसका प्रत्येक घरबाट एकलाई होटल व्यवसाय सम्बन्धि तालिम प्रदान गरि होम स्टे सञ्चालन गर्नेे अवधारणा ल्याईएको छ’ अध्यक्ष पुनले भने -’यो क्षेत्रको पुरै गाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी स्थानीयबासीहरूको आर्थीक जिवनस्तर माथी उठाउने हाम्रो लक्ष्य छ ।’ गाउँलेहरूले सञ्चालन गरेको यो अभियानले सन २०११ मा मनाउन लागिएको पर्यटन अभियानलाई महत्त्वपर्ूण्ा सहयोग पुग्ने धौलागिरि पर्यटन बोर्डका अध्यक्ष अमर बानियाँ बताउँनुहन्छ् । बेनी अनलाईन बाट

No comments:

Post a Comment