म्याग्दी जिल्लाबाट करिव ६ महिना अगाडी ईपिएस भिषामा कोरिया आई पुगेका हरी पुन र केहि बर्ष अगाडी देखि यहां कार्यरत मिन भण्डारी राजधानी सउलको माजाङ डोङबाट धरपकडमा पर्नु भएको खबर छ । हरी पुन फिशिङ भिषामा कोरियाको पुसान शहरमा पर्नु भएको थियो । तर कम्पनी साट्न नपाईने फिशिङ भिषामा रहेर काम गर्न सक्ने अबस्था नरहे पछि उहां एक महिनामा नै अबैध बन्नु पर्ने बाध्यता बनेको थियो । अबैध भएपछिको करिव ५ महिना जति राजधानी सउलमै रहेर काम गर्नु भएको थियो । हिजो खाराक सिजाङको मासु कम्पनीबाट कम्पनीकै गाडीमा फेडाल आउंदा माजाङ डोङ स्थित मासु कम्पनी परिशरमा धरपकडमा पर्नु भएको जानाकारी भलिबल खेलाडी कमल पुनले जानाकारी दिनु भएको छ । स्मरणिय रहोस हरी पुन म्याग्दी समाज भलिबल टीममा सहभागि थिए । त्यस्तै केहि बर्ष देखि कोरियामा कार्यरत मिन भण्डारी पानि एकै स्थानमा पक्राउ परेको जानाकारीमा आएको छ । मिन भण्डारी किशन पुन अस्पतालमा रहंदा समाजको तर्फबाट बिरामी कुरुवा भई सहयोग गर्नु भएको थियो । यसै हप्ताको शुक्रबार नेपालको लागि फ्लाईट रहेको भएता पनि टीकट किन्ने पैसाको अभाव परिरहेको जानाकारीमा आएको छ ।
Subscribe to:
Post Comments (Atom)


![myagdi1[1]](http://farm4.static.flickr.com/3251/3053631249_b3ceb9148a_o.gif)
No comments:
Post a Comment