कोरियामा सिन्जोङ फ्लु (स्वाईन फ्लु) को आतंकले उग्र रुप लिई रहेकै बेला आफ्नै जिल्ला म्याग्दीमा समेत गत केहि दिन देखि उक्त रोगको शंकाले आतंक मच्चाई रहेको खबर प्राप्त भएको छ ।
विगत केहि दिन यता पर्वतमा स्वाईनफ्लु नामक रोगको आतंक म्यादीमा पनि फैलिएको संका गरिएको छ । बेनी अनलाईनमा लेखिएको समाचार अनुसार आईतबार मात्रै म्याग्दीका निजी विद्यालयमा अध्ययनरत पाँचहजार ८८ जना विद्यार्थीमध्ये २३० जनामा रुघाखोकीको लक्षण देखिएपछि सो रोगको सङ्क्रमण फैलिएको आसंका गरिएको जनाएको छ । उक्त अनलाईनको अनुसार, प्याप्सन म्याग्दीको आकस्मीक बैठक बसेर आगामी ३ दिन सम्मका लागि सम्पुर्ण नीजि विद्यालयहरू बन्द गर्ने निर्णयसमेत गरिएको बताएको छ । नीजि विद्यालयमा अध्ययनरत पाँचहजार ८८ विद्यार्थीहरूमध्ये आईतबार मात्रै १०३३ जना अनुपश्थित रहेको र विद्यालय आएकाहरुमा पनि २३० जनामा रुघाखोकीको लक्षण देखिएपछि ३ दिनका लागि सम्पुर्ण विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको र हाल काठमाण्डौबाट स्वास्थ्यकर्मीहरुको टोली सदरमुकाम बेनीमा आई सकेको जनाईएको छ । त्यस्तै हिजो सोमबार सांझ बेनी बजार स्थित एक निजी बिधालयमा फोन सम्पर्क गरि सोधखोज गर्दा खासै समाचारमा लेखिए जस्तो नभएको र कुश्मा,बाग्लुङ लगायतका ठांऊहरुमा केहि जनामा स्वाईन फ्लुको प्रमाणित भएकोले यहां पनि स्वाईन फ्लुको हल्ला चलेको जानाकारी दिनु भयो ।

![myagdi1[1]](http://farm4.static.flickr.com/3251/3053631249_b3ceb9148a_o.gif)
No comments:
Post a Comment