btulachan
म्याग्दी समाजका भुपु सचिव,बर्तमान सल्लाहकार तथा म्याग्दी भलिबल टीमका कुशल खेलाडी रामकृष्ण पुन हिजो सांझ भएको साईकल दुर्घटनाले गर्दा कोरियाली अध्यागमण बिभागको फन्दामा पर्नु भएको छ । हाल राजधानी सउलको मोग्दोङ अध्यागमण बिभागको बन्दी गृहमा रहनु भएका उहांलाई यसै हप्ता स्वदेश फर्कने वाताबरण मिलाउने तयारी भैरहेको छ ।
घटना बिबरण
१-१२ तारिख आईतबार को दिन मुन्जङ प्रवासी क्लबले आयोजना गर्न गईरहेको भलिबल प्रतियोगिताकोपुर्व तयारीको सिलसिलामा शुक्रबार सांझ साथीहरुको कोठामा जानु भएको ।
२- राती ११ बजे तिर आफ्नो निवास फर्कने क्रममा बाटोको घुम्टीमा अचानक मोटरसाईकलले उहां चढेको साईकललाई ठक्कर दिन पुगि चालक दुबैजना सोही स्थानमा ढल्न पुगेको ।
३- साथीको कोठाबाट हिडेको २ मिनेटमै दुर्घटना भएता पनि करिव ३० मिनेट पछि मात्र अन्य कोरियन बटुवाहरुको सहयोगमा साथीहरु संग फोन सम्पर्क भएको ।
४- तुरुन्त साथीहरु घटना स्थल पुग्दा प्रहरीहरु आई सकेको । साथीहरुको सहायतामा उठ्न सफल भएता पनि प्रहरीले भ्यानमा राखेर घाईते दुबैलाई मुन्जङ प्रहरी पोष्टमा लगेको ।
५- साथीहरुले बिभिन्न प्रयास गर्दा पनि प्रहरीले छुटाउनै नदिएको ।६- अन्य साथीहरुलाई समेत स्वदेश फर्काईदिने धम्की दिएको ।७- अबैध भएको कारण प्रहरीले नै राती अस्पताल पुर्याएर साधारण उपचार गरि बिहान सबेरै अध्यागमण बिभागमा पुर्याई दिएको ।
आदरणिय प्रवासी मित्रहरु ! बाध्यतावश प्रवासिएका हामी नेपालीहरु अनिश्चित भबिष्यमा रुमलिई रहेका छौ । हाल काम गर्ने कम्पनी देखि बिबिध स्थलहरुबाट हामी प्रवासीहरुलाई जब्बरजस्ती अमानबिय रुपमा सुन्दर सपनाहरु क्षणभरमै चकनाचुर हुने गरि यहांको सरकारले धरपकडलाई तिब्र बनाईरहेको बर्तमान परिस्थिति बास्तबमा हृदय बिदारक त छ नै । यसबाट जोगिने भाग्यबश बाहेक कुनै उपाय नै छैन भने हुन्छ । तर भबितब्यमा हुने यस्ता कल्पना भन्दा टाढाको साधारण गल्तीहरु समेत हाम्रो लागि अनिश्चित भबिष्यको खुराक बनिदिएको छ ।


![myagdi1[1]](http://farm4.static.flickr.com/3251/3053631249_b3ceb9148a_o.gif)
No comments:
Post a Comment