103

म्याग्दी

धवलागिरी हिमालबाट बगेको सदावहार नदी
मंगला र काली संगै रमाउंदछ म्याग्दी
पहाडै पहाड माथि प्राय: सबै गावै गाऊं
प्राकृतिक सुन्दरताले भरिपूर छ अति रमाईलो ठाऊं
माछापुछ्रे, धवलागिरी अटल भई सदाभर हांसेकै छ
लालीगुंरास र रङ्गी चङ्गी फूलहरयले सुनमा सुगन्ध थपेकै छ
लेक,बेशी उकाली ओराली हरियाली बन जंगल छन
कस्टूरी र मृगहरु उफ्री उफ्री रमाउंछन
सुनिन्छन , काफल पाक्यो र न्याउली चरीको बीरही भाकाहरु
हृदय पग्लेर आउंछ, जो कसैको पनि रसाउछन आंखाहरु
गुन्जिन्छ त्यहां सोरठी र यांनीमायांका भाकाहरु
घन्किन्छ सालैजो भाकाले सबै बन पाखाहरु
लोक गीत र लोक दोहोरी घन्किन्छन् म्याग्दीको गाउं गाऊंमा
प्रशिद्दी कमाएको छ म्याग्दीले आफ्नो संस्कृतिको नेपाल अधिराज्यमा
मौका मिलाएर कुनै दिन म्याग्दीमा भेटौंला
चुट्के भाकामा त्यहीं दिन जमेरै रोधी बसौंला ।।।।

चमान शिं गर्बुजा , म्याग्दी
हाल नेपाल

No comments:

Post a Comment