103

धौलागिरी यातायात

यमन मगर
--------अर्मन नेटा
आरामदायी फोल्डिङ सिट भनि बिज्ञापन गर्छ
आकर्षणले होईन बाध्यताले बसमा चढ्छ
सीटमा गई बसेपछि तीन चौका बाह्र छक पर्छ
फोल्डिङ सिट न अघि सर्छ / न पछि सर्छ
लामो रुटको यात्रा बिचमै झर्नु पनि डर छ
छेउको साथीको घर त पोखरा रे, ऊ त्यही झर्छ
ऊ झर्यो भनेर संगै झर्नु पनि भएन म्याग्दी पुग्नु पर्छ
लौ जा कान्छा ! जसरी भएपनि सफर नै हो जसो पर्छ , टर्छ
क्यार्नी त अब ! ल मैयां अलि उता सर ! उनकै छेऊंमा सर्छ
हांडी घोप्टे कान्छालाई जहिले सुकै यस्तै मात्रै पर्छ
माल ढुंगाबाट उता लागेको, आंबुई ऽऽऽ बस त बेस्सरी उफर्छ
ठाऊं ठाऊंमा जोल्टीङ खान्छ , ढाड खुम्चिएर अख्रक्क पर्छ
कहिले मैयां ऊ माथी चढ्छे,कहिले मैयां माथी उहीं चढ्छ
बल्ल बल्ल बेनी पुग्दा कक्र्याक् कुक्रुक भएछ ज्यान
आपतको बेला आफ्नै ज्यान प्यारो , कता जावस ध्यान
लुरुङ लुरुङ बस बाट झर्यो,पिसाबले च्यापेछ काली तिर झरयो
अफ्ठेरो पर्दा यताउती के हेर्नु ,हटपट मलमुत्र गरयो
कान्छाको सफर, बसको छप्पर उस्तै उस्तै खुईलिएको खप्पर
त्यही बेला पानी परयो दर्केर ,उत्तानोताङ खायो हिलोमा लर्केर
धरोधर्म यस्तै भएको हो काठमाण्डुबाट फर्किदा
हेरआज पनि एक्लै हांस्छु, मन मनै रिसाउंछु त्यही कुरा सम्झेर ।

No comments:

Post a Comment